सुनापति गाउँपालिकामा सामुदायिक सम–उत्थानको लागि दिगो विकास कार्यक्रम


रामेछाप । माघ २९ गते,
रामेछापको सुनापति गाउँपालिकामा सामुदायिक सम–उत्थानको लागि दिगो विकास कार्यक्रम  सुरु भएको छ ।  सुनापति गाउँपालिकाको वडा नं ३ हिलेदेवीमा ७ दिने व्यवसाय  स्ुरुवात तथा सुधार तालिम मंंगलबारबाट सुरु भएको हो ।
कार्यक्रमको सुनापति गाउँपालिकाको समन्वय, सवलको आर्थिक  तथा प्राविधिक सहयोगमा पहाडी समाजकल्याण केन्द्र दोरम्बाले आयोजना गरेको हो  । गाउँपालिकाकी उपाध्यक्ष गिता विष्टको प्रमुख आतिथ्यतामा भएकोे  कार्यक्रमको उद्घाटन सुनापति गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष बाबुराम तामाङको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा  प्रमुख प्रशासकिय अधिकृत सुनिल निरौला, पहाडी समाजकल्याण केन्द्रका अध्यक्ष रत्न कँडेल, इटिएचका अफिसर सुजन गौली लगायतको सहभागीता रहेको  प्रशिक्षक मञ्जु दंगालले जानकारी दिइन् ।

 

प्रतिकृया दिनुहोस