मन्थली नगरपालिकाले गरेको शिक्षक सरुवा तथा दरवन्दी तत्काल फिर्ता लित माग

रामेछाप । असोज २ गते,
नेपाल विद्यार्थी संघ मन्थली शहिद स्मृति बहुमुखी क्याम्पस इकाई रामेछापले रामेछापको मन्थली नगरपालिकाले गरेको शिक्षक सरुवा  दरबन्दी मिलान फिर्ता लिन माग गरेको छ । विद्यार्थी संघले मंगलबार एक प्रेस विज्ञप्ती मार्फत शिक्षकहरुको सरुवा र दरबन्दी मिलान गर्ने नगरपालिकाको निर्णयले विद्यार्थीहरुको पठन पाठन प्रभावित भएको भन्दै यो निर्णय अविलम्ब फिर्ता लिन माग गरेको हो ।
नेपाल विद्यार्थी संघ मन्थली शहिद स्मृति बहुमुखी क्याम्पस इकाई सभापति सन्तोष सुवेदीद्धारा हस्ताक्षेरित विज्ञप्तीमा नगरपालिकाको शिक्षक दरबन्दी मिलान र सरुवा गर्ने निर्णय अवैज्ञानिक , अबैधानिक तथा मनोमानी ढंगको रहेको आरोप लगाइएको छ । विद्यार्थीको मनोविज्ञान तथा मनोभावना बुझि शिक्षण गाई रहेका शिक्षकहरुलाई अवैज्ञानिक तथा मनोमानी ढंगले सरुवा गर्दा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा प्रभाव पारेको विज्ञप्तीमा भनिएको छ ।
गएको भदौ २४ गते नगर शिक्षा समितिले गठन गरेको दरबन्दी मिलान तथा शिक्षा सुधार सुझाव उपसमितिले दिएको प्रतिवेदन र अनुगमनको आधार भन्दै शिक्षकको सरुवा गर्ने सिफारिस गरेको थियो । सोहि अनुरुप नगर प्रमुख अध्यक्ष हुने उक्त समितिले कक्षा १ देखि ५ सम्म सञ्चालन भएका विद्यालयमा कार्यरत ५९ जना, निम्न माध्यमिकतर्फ ५ जना र माविका ५ समेत ६९ जना शिक्षकको सरुवा गरेको थियो । स्थानीय तह सञ्चालन ऐन– २०७४ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको नगर शिक्षा समितिको क्षेत्राधिकारभित्र रहेर विद्यार्थी नभएका विद्यालयहरू मर्च सहित दरबन्दी मिलान गरिएको, शैक्षिक सुधारका लागि केही शिक्षकलाई सरुवा गरिको नगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस