सालुमा निजी आवास पुननिर्माणको स्थालगत अनुगमन

रामेछाप । असोज १२ गते,कैलाश खत्री,
रामेछाप जिल्लाको मन्थली नगरपालिका ४ सालुमा निजी आवास पुननिर्माणको स्थलगत अनुगमन गरिएको छ । शुक्रबार ट्रान्परेन्सी इन्टरनेशनल नेपालले अनुगमन गरेको हो । अनुगमनका क्रममा सालु स्थित दलित बस्तीमा घरको पुननिर्माणबारे स्थानीयहरुसंग छलफल समेत गरिएको छ । स्थानीयतहमा जनप्रतिनिधीहरु आएसंगै भूकम्पबाट घर भत्कीएकाहरुले धमाधम नयाँ घर बनाउन थालेका छन् । सरकारले आगामी २०७६ असार मसान्तसम्म पुननिर्माणको काम सक्न कार्ययोजना जारी गरेको छ । सालुमा निजी आवास पुननिर्माणको अवस्थाबारे अनुगमन गर्न वडा अध्यक्ष विरेन्द्र श्रेष्ठ, ट्रान्परेन्सी इन्टरनेशनल नेपाल रामेछापका जिल्ला अधिकृत दिपक के.सी, राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई रामेछापका इन्जिनियर कमलेश जोसी,इन्जिनियर अभिनाश सिहं, राहुल कुमार यादव र सभ–इन्जिनियर लक्ष्मण बुढाथोकीले सालृुको दलित बस्ती पुगेर पुननिर्माणको अवस्थाबारे छलफल समेत गरेका छन् ।
दलित बस्तीका अधिकांश घरहरु नयाँ बनिसकेका छन्, कतिपय घरहरु निर्माण  सम्पन्नको चरणमा रहेको देखिएको छ । स्थानीयहरुले भुकम्प प्रतिरोधी घर ढुङगा,माटो,बालुवा,रड प्रयोग गरेर बनाएका छन् भने केहीले बाहिरबाट ईटा मगाएर आकर्षक मौलिक शैलीमा घर बनाएको वडा अध्यक्ष विरेन्द्र श्रेष्ठले बताए । सालुमा १ हजार २४ घरको अनुदान सम्झौता भएकोमा  ६ सय घर नयाँ बनेर मानिसहरु बस्न थालिसकेका छन् । ट्र««ान्परेन्सी इन्टरनेशनल नेपालले पुननिर्माणको काम के कस्तो चरणमा पुगेको छ भनेर जानकारी लिन स्थलगत अनुगमन गरेको बताएको छ ।

 

प्रतिकृया दिनुहोस