रामेछापको गोकुलगंगा गाउँपालिकामा चुनावी प्रतिवद्धता अनुसार सडक निर्माण सुरु

रामेछाप । असोज १४ गते ,
रामेछापको गोकुलगंगा गाउँपालिका भित्र रहेका निर्माण तथा मर्मत गर्नुपर्ने ३४ वटा सडक मध्ये डी.पी.आर भएका दुई ठूला सडकको निर्माण कार्य एकै साथ सुरु भएको छ । स्थानीय तहको निर्वाचनको बेला चुनावी घोषणा पत्रमा उल्लेख गरेर जनतालाई दिएको वचनलाई सडक निर्माण गरेर पूरा गर्न लागेको गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले जानकारी दिए । निर्माणाधिन दुई सडक मध्ये २३ कि.मि लम्बाईको भिमशेनथान–फर्पु ६ नं. वडा भवन सडक वडा नं. ३ को भिमशेनथान–सुर्केफेदी हुँदै ४ नं. वडाको गैरी–लिसेखानी हुँदै जानेछ ।
उक्त सडक वडा नं. ५ को लाँमिडाँडा–काँडे–पासवार–चित्रे हुँदै वडा नं. ६ को लुतेपहरो–वडा भवन सम्म निर्माण हुनेछ । यसैगरी २५ कि.मि को अर्को सुर्के–देउराली सडक वडा नं. ३ को सुर्केबाट सुरु भई दाव्रे–खर्क–मझुवा–खरिखोला–केसे हुँदै २ नं. वडाको टगम–पात्ले–आरुबोटे–सोत्रे र १ नं. वडाको विगु–डडुवा हुँदै उमाकुण्ड गाउँपालिकाको देउराली सम्म निर्माण हुनेछ । गाउँपालिकाको ६ वटै वडा समेट्ने उच्च पहाडी भेगका यी दुवै सडक १ मिटर ड्रेन (नाली) सहित ७ मिटर चौडा हुने गाउँपालिकाका सव–इन्जिनियर राम्झी थापाले जानकारी दिए।
दुवै सडकको गरी १ करोड २० लाख वजेटमा निर्माण गर्न लागिएको उक्त सडकले आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउनेछ । सडक निर्माण पश्चात माथिल्लो भेगका वस्तिहरु सडक सञ्जालसँग जोडिने र कृषि, जडिबुटी, खानीजन्य पदार्थको उत्खनन, प्रवद्र्धन तथा बजारिकरण गर्न सहयोग मिल्ने स्थानीयबीले आशा गरेका छन् । गाउँपालिकाले कृषि, जडिबुटी, पशुपालन, पर्यटन विकासलाई प्राथमिकता दिँदै आएको छ ।

प्रतिकृया दिनुहोस