खाली गाडि गुडाउँन नसकिने रामेछापका यातायात व्यवसायीहरुको भनाई

रामेछाप । असोज १७ गते,
रामेछाप जिल्लामा यातायात व्यवसायीहरुको मनपरि वढेको भन्ने आरोप लागि रहेको वेला गाडि संचालकहरुले भने रित्ता गाडि चलाउन नसकिने वताएका छन् । दशै आउनु एक हप्ता अघि वाटै  यातायातका साधन हरुको मनपरि वढेको भन्ने गुनासो आईरहेको अवस्थामा यातायात व्यवसायीहरुले उक्त धारण राखेका हुन् ।  वडादशै आउनु एक हप्ता अघिवाटै यातायात व्यवसायीहरुले मनलाग्दी ढंगले यातायातका साधनहरु चलाउने र भाडादर पनि एकरुपता गर्न नसकेको मन्थली नगरपालीका ११ का युवराज श्रेष्ठले वताए ।  काठमाण्डौंबाट  मन्थली आएका रामेछाप नगरपालिका वडा नं ५ का याम वहादुर तामाडले  यातायातका साधनहरुले सरकारले तोकेको भाडादर भन्दा वाहिर गएर भाडा लिएको बताए । उनले भाडादरमा मात्र हैन गाडी भित्र पनि यातायात व्यवसायीहरुले यात्री कोचेर हैरानी दिदै आएका छन् ।

हुनत नेपाल सरकार यातायात व्यवस्था विभागले करिव तीनवर्षदेखी नै राजपत्रमा सूचना प्रकाशन गरि मन्थली देखी काठमाण्डौंसम्मको भाडा प्रति व्यक्ति ३ सय ८१ रुपैयाँ कायम गरेको थियो । तर उक्त निर्णयलाई रामेछापवाट चल्ने सवै यातायात व्यवसायीहरुले वेवास्ता गर्दै प्रति व्यक्ति ५ सय रुपैयाँ असुल्दै आएका छन् ।  अझ अरनिको यातायात सेवा समिति र हिमाल तराई यातायात सेवा समिति लगाएतका यात्रुवाहक बसहरुले त मन्थली देखी काठमाण्डौंसम्मको भाडा ५ सय ६ रुपैयाँ लिदै आएका छन् । जसलाई नियन्त्रण गर्नुपर्छ भन्ने सरकारले पनि आवश्यकता ठानिरहेको छैन् । परिणाम व्यवसायीहरुले अहिलेपनि उसका सरोकारवाला निकायहरुले पनि विगतमै जस्तो दोभाषे कुरा गरेर सर्वसाधारणलाई सास्ती दिलाउने काममा घिउँ थप्ने काम गरेका छन् । हाल जिल्ला सदरमुकाम मन्थलीमा मात्र करिव एक दर्जनको संख्यामा यातायात व्यवसायीहरुले काउण्टर संचालन गरि यातायातका साधनहरु संचालन गर्दै आएका छन् ।

तर सबैजसोको मिलोमतोमा क्युमा गाडी वाहिर पठाइरहेको भन्दै यात्रुहरुलाई झुक्यानमा पारी काठमाण्डौंका लागि यात्री नभएकै कारण गाडी पठाउन नसकिएको भन्दै झुलाउने काम शुरु गरिसकेको मन्थली नगरपालिका वडा नं–१ का हरिशरण सुवेदीले  वताए । हिमाल तराई यातायात सेवा समिर्थति मन्थली काउन्टरका सुदिप थापाले आफ्नो काउन्टरवाट चल्ने क्युका गाडी यात्रुनै नभएपनि नियमित चलिरहेको बताए । तर उक्त समितिका चालक सन्तोष रायले भने खालि गाडी लिएर दुईजना यात्रुको भरमा काठमाण्डौं जान सक्ने अवस्था नभएकाले आफु काठमाण्डौं जान नसकेको बताए । ना १ ज ५४८९ नम्वरका चालक रायले भने दशै लागिसकेकाले मन्थलीवाट काठमाण्डौं जाने यात्रुहरुको संख्या ह्रवातै भन्दै कहिले काहीँ खाली गाडी नै दौड्याउनु पर्ने अवस्था आएकाले चाहेर पनि काठमाण्डौं जान नसकेको वताए । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले नजिकिदै गरेको दशैंलाई मध्य नजर राखी आफुले ट्राफिक प्रहरीलाई यातायातका साधनको व्यवस्थापनको लागि निर्देशन दिइसकेको र बाँकी समस्याको हकमा चाँडै नै प्रकृयागत ढंगले अगाडी वढ्ने बताए । नागरिक र कानून भन्दा ठूलो कोही हुन नसक्ने भन्दै सरकारी नितिलाई सवैले अवलम्वन गर्नुपर्ने उनको जोड छ  ।

प्रतिकृया दिनुहोस