भूकम्पले ध्वस्त भएको पर्यटकिय नगरी जिरी बजार विस्तारै उठ्दै

दोलखा । असोज १९ गते,
२०७२ सालमा आएको विनासकारी भूकम्पको कारण ध्वस्त भएको सुन्दर पर्यटकिय नगरी दोलखाको जिरी बजार विस्तारै उठन् लागेको छ । जिरी बजारले आप्mनो पुरानो स्वरुप बदल्दै नयाँ स्वरुपमा उठेको छ । भूकम्प अघि एक नासका ढुङ्गा माटाका घर र लहर मिलाएर छाएका ढुंगाको छाना जिरी बजारको पहिचान थियो । भूकम्पले ढुँगा माटाका घर ढालेपछि जिरी बजार नयाँ संरचनाका साथ उठेको छ । भूकम्प पछि जिरी बजारमा सबै पक्कि घरहरु बनेका छन् । नयाँ घर र नयाँ रंगरोगनका साथ जिरी बजार उठेको छ ।
बजार क्षेत्रमा व्यवस्थित सडक, यात्रीहरुको लागि हिँड्न फराकिलो सडक पेटी, हरेक घरमा सवारी पार्किङ गर्ने खुल्ला जमिन सहित जिरीलाई नयाँ रुप दिइएको छ । भूकम्पले ध्यवस्त भएको बजारमा बस्ने होटलहरु समेत नभएपछि जिरी घुम्न जाने पर्यटकहरुको संख्या ठप्प भएको थियो । पुननिर्माणसँगै बजारमा आउने मानिसहरुको संख्या विस्तारै बढ्दै गएको स्थानीय होटल व्यवसायी लक्की शेर्पा बताउँछिन् । जिरी बजारलाई नेपालको स्विजरल्याण्ड भनेर पनि सम्बोधन गर्ने गरिन्छ । पहाडको बिचको सानो उपत्यका जिरी बजार प्राकृतिक मनोरम र चिसो हावापानी भएको पर्यटकिय क्षेत्र हो । जिरी बजार घुम्न वाह्य तथा आन्तरिक पर्यटकहरु बाक्लै पुग्ने गर्दछन् ।

 

प्रतिकृया दिनुहोस