सिन्धुलीमा बस दुर्घटना १ जनाको मृत्यु

सिन्धुली । असोज २६ गते,
सिन्धुलीको सुनकोशी गाउँपालिका अन्तर्गत वीपी राजमार्गमा पर्ने रिठ्ठेभीरबाट यात्रुबाहक बस सुनकोशी नदीमा खसेको छ । सिन्धुलीको मरिणबाट काठमाडौँतर्फ जादै गरेको बस आज बिहान सुनकोसी नदीमा खसेको हो । ना ६ ख ९१२ नम्बरको बस विपी राजमार्ग अन्तर्गत गहते भिरमा दुर्घट हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । घाइते मध्य ३ जना गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । गम्भिर घाइते भएका तीनजनालाई थप उपचारकोलागि धुलिखेल अस्पताल रिफर गरिएको छ । प्रहरीका अनुसार विपरित दिशाबाट आएको मोटरसाईकलसँग ठक्कर खादा बस अनियन्त्रीत भएर कोसीमा झरेको हो ।

 

प्रतिकृया दिनुहोस