टेलिकम रामेछापले बीटीएस टावर बिस्तारलाई तीव्रता दिँदै,सेवा प्रभावकारी नभएको सर्वसाधारणको गुनासो

रामेछाप । असोज २८ गते,
नेपाल टेलिकम रामेछापले आफ्ना सेवाहरूको स्तरोन्नति गर्दै सेवाको गुणस्तर वृद्धि गर्न बीटीएस टावर नेटवर्क थप गर्ने कार्यलाई जोड  दिएको छ । आफ्नो सेवालाई प्रभावकारी बनाउनका लागि जिल्लाका विभिन्न स्थानमा ३ वटा बीटीएस टावर थप गरिएको टेलिकम रामेछापले जनाएको छ ।
टेलीकमको सेवा प्रभावकारी नभएको गुनासो आइरहेको बेला जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ९ पुरानागाउँ, मन्थली नगरपालिका वडा नम्बर ३ कठजोर र गोकुलगंगा गाउँपालिका वडा नम्बर १ शिवालयमा एक एक वटा बीटीएस टावर थप गरिएको टेलिकम रामेछापका प्रदिप कार्कीले जानकारी दिए ।
थप गरिएको तीनवटा सहित रामेछाप जिल्लाभर टेलिकमको २२ वटा बीटीएस टावर भएको छ । टावर थप गरेसँगै टेलिकमबाट प्रवाहा हुने सेवा सुविधामा सुधार आउने टेलिकम रामेछापले विश्वास लिएको छ ।
टेलिकमले ईन्टरनेट सेवालाई पनि प्रभावकारी बनाउने कार्यलाई निरन्तरता दिएको । जिल्लाको उमाकुण्ड गाउँपालिकामा पनि वोर्ड वाइण्ड इन्टरनेट जडान गरेको छ ।
यता सेवा प्रदायक निकाय तथा सर्वसाधारणहरुले भने टेलिकम रामेछापले प्रभावकारी सेवा प्रवाहा गर्न नसकेको गुनासो गर्ने गरेका छन् । ईन्टरनेट सहित मोवाईल फोनमा पटक पटक समस्या आउदा आफुहरु मर्कामा परेको सर्वसाधारणहरुको गुनासो छ । विगतमा भन्दा टेलिकमको सेवामा केहि सुधार भएको भएपनि टेलिकमले अझै धेरै कुरा सुधार गर्न आवश्यक रहेको नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्रीले बताए ।

प्रतिकृया दिनुहोस