दशैंमा रामेछापको गोकुलगंगा गाउँपालिका खेलमय

रामेछाप । असोज ३० गते,
दशैं मनाउन देश विदेश रहेका यूवाहरु गाउँ भित्रिएसँगै रामेछाप जिल्लाको उत्तरी भेगमा पर्ने गोकुलगंगा गाउँपालिका खेलमय बनेको छ । दशैंको अवसरमा प्राकृतिक सुन्दता र साँस्कृतिक सम्पदामा धनी गोकुलगंगा गाउँपालिका वडा नं. १ को शिवालय र वडा नं. ३ को भिमशेनथानमा खेलकुदको साथै विविध साँस्कृतिक कार्यक्रम भइरहेको छ ।
प्रतिस्पर्धी टिमलाई जिताउन युवाहरुको जोडदार हुटिङ र हेर्ने दर्शकहहरुको खचाखच भिडले खेल भव्य भएको जो कोहिलाई पनि महशुस हुने गरेको छ । शिवालयमा स्थानीय शिवालय यूवा क्लव र १ नं. वडा कार्यालयको संयुक्त आयोजनामा वडा स्तरीय भलिबल खेल प्रतियोगिता भइरहेको छ । पञ्चेबाजा र स्थानीय नाचगान सहित आर्थिक मामिला तथा योजना मन्त्री कैशाल प्रसाद ढुंगेलद्धारा असोज २६ गते उद्घाटन गरिएको भलिबल खेल ३० गते समापन हुनेछ ।  
खेलाडीहरुको साँघुरो र धुलाम्मे चौरमा खेल्नुपर्ने अवस्था रहेको भन्दै खेलमैदानलाई व्यवस्थित गर्न आवश्यक वजेट विनियोजन गरी सहयोग गर्ने मन्त्री ढुंगेलको भनाइलार्ई उदृत गर्दै क्लवका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए । रामेछाप, दोलखा, ओखलढुंगा र सोलखुम्बु गरी ४ जिल्लाका १३ टिमले खेलमा प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतिस्पर्धाबाट प्रथम हुने टिमले नगद ७५ हजार, द्धितीयले ५० हजार, तृतीयले र शान्त्वना हुने टिमले  २५ हजार नगद पुरस्कार पाउँने छन्  ।  वडा भित्र रहेका खेलाडीहरुको पहिचान गरी क्षेत्रीय तथा राष्ट्रियस्तर सम्मको खेलाडी उत्पादन गर्ने उद्देश्यले खेल आयोजना गरिएको वडा अध्यक्ष मणिकुमार लामाले जानकारी दिए । यसैगरी वडा नं. ३ को भिमशेनथानमा स्थानीय भिमेश्वर यूवा क्लवको आयोजनामा फुटवल प्रतियोगिता जारी छ । भिम गोल्ड कप नामक उक्त खेलमा रामेछाप र दोलखा जिल्लाका २९ टिमले खुला प्रतिस्पर्धा गरिरहेका छन् । प्रतिस्पर्धाबाट प्रथम हुने टिमलाई नगद २६ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त हुनेछ । यसैगरी द्धितीय, तृतीय र शान्त्वना हुने टिमलाई क्रमशः १५ हजार, ५ हजार, ५ हजार, मेडल र प्रमाणपत्र पुरस्कार राशी रहेको खेल संयोजक सुजन सुनुवारले जानकारी दिए । कार्यक्रम आयोजना गर्न गोकुलगंगा गाउँपालिकाले १ लाख, नेपाली काँग्रेसका नेता कान्छाराम तामाङले ५६ हजार आर्थिक सहयोग गरेका छन् । यसैगरी पिपुल्ज हाइड्रोपावर, भिम आधारभूत विद्यालय लगायत विभिन्न संघसंस्था तथा सुभेच्छुकहरुको सहयोग रहेको क्लवका कोषाध्यक्ष उद्धव कुमार कार्कीले जानकारी दिए । राष्ट्रिय रेफ्रि वाइबी सुनुवार, एन्फा रेफ्रिद्धय विनोद कुमार सुनुवार र केशरमान बेन्जनकारद्धारा रेफ्रि गरिएको यो खेल यसरी नियमवद्ध प्रोफेश्नल तरिकाले खेलाएको रामेछापकै पहिलो पटक भएको एन्फा रेफ्री विनोद कुमार सुनवारले दावी गरे । रामेछापको खेलकुदलाई प्रवद्र्धन गर्न एन्फासँग जोड्न आवश्यक रहेको भन्दै जिल्लाको उत्तरी भेगमा खुला मैदानहरु प्रशस्तै रहेकाले खेलमैदान निर्माण गरी यातायातको प्रबन्ध गर्र्न सके खेलकुदको विकास गर्न सकिने उनको भनाई छ । असोज २३ बाट सुरु भएको भिम गोल्ड कप पनि ३० गते समापन हुनेछ । समापनको दिन बी.एड व्यान्डको रामेछाप एक्स ग्रुपद्धारा कन्सर्ट प्रोग्राम समेत रहेको आयोजकले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस