रामेछापको भिरपानीमा बस दुर्घटना , एकको मृत्यु , २९ जना घाइते

रामेछाप । असोज ३० गते,
काठमाडांै बाट रामेछापको गाल्वा आइररहेको बा ३ ख ४६७५ को बस दुर्घटना हुँदा १३ बर्षिया बालिकाको मृत्यु भएको छ भने २९ जना  यात्री घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शेख अदालनका अनुसार खाँडादेवी गाउपालिका को वडानं ३ स्थीत भीरपानीको सार्की पधेरो भन्ने ठाउमा उक्त बस दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका मध्य १२ जनाको अवस्था गम्भीर रहको प्रहरीले जनाएको छ , दुर्घटनास्थल तर्फ प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माको नेतृत्वमा प्रहरी टोली प्रस्थान गरेको  र गाडि सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरीकार्यालय रामेछापका प्रबक्ता शेख अदालतले जानकारी दिए ।  घाइते हरुलाई सिन्धुली जिल्लाको सुनकोशी गाउपालिकामा रहेको भरोसा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।  घटनाको बिस्तृत विवरण भने आउन बाँकी छ ।

 

प्रतिकृया दिनुहोस