नेपालीहरुको महान पर्व वडादशैँको अवसरमा रामेछापको खाँडादेवीमा दर्शनार्थीहरुको भिड

रामेछाप । असोज ३० गते,
नेपालीहरुको महान पर्व वडादशैँको अवसरमा रामेछापको ऐतिहाँसिक र धार्मीक पिठ खाँडादेवीमा दर्शनार्थीहरुको ठूलो भिड लागेको छ । रामेछापको खाँडादेवी गाउँपालिकाको खाडादेवीमा  रहेको खाँडादेवी मन्दिर पुरातत्विक हिसावले समेत महत्वपूर्ण मानिन्छ । मन्दिरका पूजारी मध्येका एक भिमबहादुर तामाङकाका अनुसार खाँडादेवीको शिला विक्रमसम्बत १४१४ मा स्थानीय गोठालाहरुले पत्ता लगाएको किम्बदन्ति छ । वन चर्न आउने गाइले शिला चाटेर बसेपछि गाठालाहरुले शिलामा हिर्काउँदा एकपट्टीबाट गाईको दुध, अर्काेपट्टीबाट रगत र पछाडीबाट पिप निस्किएपछि देवी स्थापना गरि पूजा सुरु गरिएको जनश्रुति रहेको छ ।

पृथ्वीनारायण शाहले आप्mनो विजययात्रा सफल भएपछि खाँडादेवीको पूजा आरधना गरी दरबारबट पूजारामाग्रि पठाई हरेक दशैँको पूmलपातीमा दरबारको विशेष पुजाको प्रवन्ध मिलाएका थिए । मन्दिरको नियमित पूजाको लागि भने स्थानीयबाट सिदा उठाउने व्यवस्था मिलाइएको थियो । पछिल्लो समय स्थानीयले खाँडादेवी विकास कोषको स्थापना गरि मन्दिरको संरक्षण, मर्मत सुधार तथा पूजा व्यवस्थापन लगायतको काम गरि रहेको छ । मन्दिरमा बलि पूजा लिएर आउनेलाई टिकट काटेर रकम उठाउने तथा कोषका सदस्यहरुको सदस्यता शुल्क समेतबाट पूजा र व्यवस्थापनको काम भई रहेको कोषका कोषाध्यक्ष शेरबहादुर तामाङले बताए । यो मन्दिरमा तामाङहरु पूजारी छन् । उनीहरु हिन्दु धर्म मान्छन् । नेपालमा नै यो मन्दिरका पूजारी मात्रै हिन्दु धर्म मान्ने तामाङ हुन् । यो मन्दिरको मुख्य मन्दिरको गतसाल मात्रै पुरातत्व विभागले पुरातात्विक भवनको निर्माण सम्पन्न गरेको छ । अन्य निर्माणको काम अहिले पनि चलि रहेको छ । यस वर्षको जमारे औसीदेखि यता मन्दिरको १ लाख भन्दा बढी मानिसहरुले दर्शन गरि सकेका तथा ५ हजार भन्दा बढी बलि चढाइएको कोषका कोषाध्यक्ष शेरबहादुर तामाङले बताए ।

 

प्रतिकृया दिनुहोस