रामेछापको ओख्रेनीमा वडास्तरीय भलिबल तथा फुटबल प्रतियोगीता सम्पन्न

 
रामेछाप । असोज ३० गते,

रामेछापको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा मंगलबार वडास्तरीय भलिबल तथा फुटबल प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगिता नेकपाका नेता आनन्द श्रेष्ठको प्रमुख आतिथ्यता र वडाध्यक्ष धन बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको हो । वडाको युवालक्षित कार्यक्रम अन्र्तगत  १ लाखको लागतमा प्रतियोगिता गरिएको वडाध्यक्ष खड्काले जानकारी दिए  ।प्रतियोगीतामा भलिवल तर्फ १२ तथा फुटबलतर्फ ११ टीमले सहभागीता जनाएका थिए । जसमा भलिबलतर्फ धमीनीछाप ए पहिलो ,धमीनीछाप बी दोस्रो र डाङसीङटार समुह तोस्रो भएका छन् । त्यस्तै फुटबलतर्फ ओख्रेनी मिलनचोक पहिलो,ओख्रेनी चौतारा दोस्रो र गाइटार भालुखोप समुह तास्रो भएका छन् । प्रतियोगीतामा पहिलो,दोस्रो र तेस्रो हुने टिमलाई १० हजार,५ हजार,३ हजार नगदको साथमा शिल्ड मेडल र प्रमाणपत्र पनि वितरण आयोजकले जनाएको छ  । साथै प्रतियोगीतामा उत्कृष्ट प्रदर्शन गरेका प्रतियोगीहरुलाई समेत पुरस्कृत गरिएको थियो। कार्यक्रमका अवसरमा नेपालीहरुको महान चाड दशै, तिहार र छट पर्वको अवसरमा शुभकामना आदान प्रदान समेत गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस