खाँडादेवीमा महिलाको कानुनी अधिकार सम्बन्धि अनुशिक्षण कार्यक्रम

रामेछाप । कार्तिक ८ गते,
रामेछापको खाडाँदेवी गाउँपालिकाको लैगिक हिँसा निवारण तथा न्यायिक समितिका सदस्य र पदाधिकारीहलाई महिलाको कानुनी अधिकार सम्बन्धि ३ दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । न्यायिक समितिकी संयोजक तथा गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा दुईवटै समितिका पदाधिकारी तथा सदस्यहरुका साथै मेलमिलापकर्ताहरुको समेत सहभागिता रहेको छ ।
कार्यक्रममा बोल्दै रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले न्यायिक समिति र मेलमिलापकर्ताले काम गर्दा राजनीतिका आग्रह पुर्वाग्रह नराखि काम गर्नु पर्ने बताए । कार्यक्रमको  सहजिकरण अधिवक्ता झम्क कँडेल, मानवअधिकारकर्मी नवराज पथिक लगायतले गरेका छन् ।
कार्यक्रममा महिलाअधिकार सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवस्था र यसको व्यवारहारी प्रयोगको बारेमा जानकारी गराइएको थियो ।  साथै लैगिक हिँसा न्युनिकरणमा न्यायिक समितिको भूमिका लगायतका विषयमा पनि छलफल भएको खाँडादेवी गाउँपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख रम तामाङले बताइन् ।

 

प्रतिकृया दिनुहोस