अरिङ्गलको टोकाइबाट घाइतेरामेछापको प्रीतिमा अरिङ्गलको टोकाइबाट ३ जना घाइते

रामेछाप । कार्तिक ११ गते,
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर ४ प्रीतीमा अरिङ्गलले टोकाइबाट एकै घरका ३ जना घाइते भएका छन् ।  आइतबार बिहान अरिगालले टोक्दा घाइते भएका मध्ये २ जनाको अबस्था गम्भीर रहेको बताइएको छ । घर नजिकै अरिङ्गलले टोकेर घाइते भएका उनीहरुलाई उपचारका लागि नेपाली काग्रेस रामेछापका नेता पुर्ण बहादुर तामाङ (कान्छाराम)को हेलिकप्टबाट काठमाडौं सिनामंगल स्थित के एम सी अस्पताल लगिएको बताइएको छ । अरिङ्गलको टोकाइबाट घाइते हुनेहरुमा ५० बर्षिया जितमाया कार्की, २६ बर्षिय कमला कार्की र ७ बर्षिया जेनिसा कार्की रहेका छन ।  उनीहरु मध्ये बारीमा काम गर्दै गरेकी जितमायालाई घर नजिकै रुखमा रहेको अरिङ्गलको गोलो खनिएर टोकेको थियो ।

 

प्रतिकृया दिनुहोस