रेडियो तीनलाल एफएमको विज्ञापन दररेट »

रेडियो तीनलाल एफएम 88.6 मेगाहर्ज रामेछाप जिल्लामा पहिलो पटक स्थापन गरिएको व्यवसायिक रेडियो हो । रामेछाप जिल्ला भित्रकै प्रतिष्ठित उद्योगि, व्यवसायि तथा विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्वहरुको सामुहिक लगानिमा यो रेडियो सञ्चालमा आएको छ ।

एभरग्रिन सुनापति मिडिया प्रा.लिद्वारा सञ्चालित  यो रेडियो रामेछाप जिल्लाको पहिला व्यवसायिक रेडियो हो । यसको प्रशारण ०६७ बैशाख ८ गतेबाट सुरु भएको हो । रेडियोले विभिन्न मनोरञ्जनात्मक, सामुदायिक हित, व्यवसायिक विकास तथा सुचनामुलक कार्यक्रमहरु प्रशारण गर्दै आएको छ । रेडियोले स्थानीय र आसपासका समाचारहरुलाई प्रथमिकता क्रममा राखि प्रशारण गर्नुका साथै जनचासोका राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका समचारहर पनि प्रशारण गर्दै आएको  छ । यसको साथै विभिन्न सुचना नेटवर्कहरुसँग लिङ्केज गरी महत्वपुर्ण समाचारहरु पनि प्रशारण गर्दै आएको छ ।

रेडियो तीनलालको स्टुडियो जिल्ला सदरमुकाम मन्थलीमा रहेको छ भने यसको टावर रेडियोको आफ्नै जग्गामा निर्माण गरिएको सुकाजोर गाविसको भालुखोपमा रहेको छ । रेडियो आत्याधुनिक स्टुडियो तथा साउण्ड सिस्टमबाट प्रशारण भइ रहेको छ । रामेछाप जिल्लाको उचाइमा रहेका डाँडा मध्येको एक भालुखोप डाँडामा रेडियोको टावर रहेको कारण रेडियो रामेछाप जिल्लाका सबै भागमा सुनिन्छ । यसको साथै मध्यमाञ्चलका सिन्धुली, दोलखा, काभ्रे, सिन्धुपाल्चोक धनुषा, महोत्तरी, सर्लाही  तथा पुर्वका सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, खोटाङसम्म पनि रेडियोको पहुँच क्षेत्र रहेको छ । यसै गरी नारायणी अञ्चलका केही जिल्लाहरुमा पनि रेडियोको प्रशारण सुनिने गरेको छ ।  

कुनै पनि सुचना वा उत्पादनलाई सरोकारवाला, उपभोक्ता र बजार समक्ष पु¥याउने सशक्त माध्यम अहिले रेडियो बनेको  छ । हामी यहाँहरुको सुचनालाई यहाँहरुको सेवाग्राही तथा उपभोक्ताहरु समक्ष पु¥याउने भूमिका निर्वाह गर्न सक्षम छौं । यहाँहरुको सुचना प्रवाह गर्ने प्रभावकारी माध्यम बन्न रेडियो तीनलाल एफएम 88.6  सँधै आतुर छ । रेडियो तीनलाल एफएम डड।ट यहाँहरुलाई सँधै हार्दीक स्वगत गर्दछ ।

 
१ समय निर्धारण    
क. अति महत्वपुर्ण समय: समाचारको बिचमा र साझा चौतारी चौतारीको बिचमा
ख. महत्वपुर्ण समय : विहान ६:००– ९:०० र बेलुका ५:००–९:००
ग. सामान्य समय:     अति महत्वपुर्ण र महत्वपुर्ण समय बाहेकको समय 

२ सामान्य विज्ञापन :
 समय सिमा            रकम
क. ३० सेकेण्डसम्म        २०।–
ख. ४० सेकेण्ड           ३०।–
ग. ६० सेकेण्ड            ४०।–
घ. न्युनतम शुल्क :      ५००।–
३. कार्यक्रम प्रायोजन:
समय सिमा                 रकम
क. १५ मिनेटसम्म       १,५००।–
ख. ३० मिनेटसम्म       २,५००।–
ग. ४५ मिनेटसम्म       ३,५००।–
घ. ६० मिनेटसम्म        ४,०००।–
४.  मासिक विज्ञापन दर
    क. दैनिक ४ पटकको १५००।–
    ख. दैनिक ५ पटकको २०००।–
    ग. दैनिक ८ पटकको २५००।–
    घ. दैनिक १२ पटकको ३०००।–
    ङ. दैनिक १५ पटकको ३५००।–
    च. दैनिक १८ पटकको ४०००।–
    छ. दैनिक २४ पटकको ४५००।–
   
५. प्रत्यक्ष प्रशारण  :     समय सिमा
    क. एक घण्टाको २,०००।–
    ख. दुई घण्टाको ३,५००।–
    ग. तीन घण्टाको ५,०००।–
    घ. त्यस पछि प्रतिघण्टा १०००।–
६ सर्तहरु:
क. विज्ञापन तथा कार्यक्रम प्रायोजनको दर: मिडिया प्रालिको निर्णयले कुनैपनि बेला  फेरबदल हुन सक्ने छ
ख. कुनै पनि सुचना, प्रायोजित कार्यक्रम तथा कार्यक्रमको प्रत्यक्ष प्रशारण गर्ने नगर्ने भन्ने सम्पुर्ण निर्णय मिडिया हाउसमा सुरक्षित रहने छ ।
ग. एजेन्सि मार्फत विज्ञापन प्राप्त भएमा कुल विज्ञापनमा प्राप्त रकमको १५% रकम एजेन्सिलाई प्रदान गरिने छ ।
घ. समाजमा नकारत्मक प्रभाव पार्ने कुनै पनि खालका विज्ञापन प्रशारण गरिने छैन ।
ङ. सुचना वा विज्ञापन प्रशारण गर्दा अति महत्वपुर्ण समयमा थप१५% तथा महत्वपुर्ण समयमा थप १०% शुल्क लाग्ने छ
च. कुनै पनि कार्यक्रम कसैले प्रत्यक्ष प्रशारण गर्न चाहेमा र  प्राविधिक रुपले उपयुक्त भएमा त्यसलाई प्रायोजित कार्यक्रमको रुपमा प्रशारण गरिने छ । प्रत्यक्ष प्रशारणको लागि लाग्ने टेलिफोनको शुल्क कार्यक्रम आयोजक आफैले व्यहोर्नु पर्ने छ ।
छ. लगातार एक हप्तासम्म सुचना वा विज्ञापनको प्रशारण गर्न चाहने विज्ञापनदातालाई थप २ पटक सुचना प्रशारणको बोनस प्रदान गरिने छ ।
ज. लगातार ३ महिनासम्म कार्यक्रम प्रायोजन गर्ने प्रायोजकलाई थप एक कार्यक्रम प्रायोजनको बोनस प्रदन गरिने छ । यसको साथै त्यस्ता प्रायोजकलाई हरेक दिन एक घण्टाको कार्यक्रम बराबर ४ मिनेटसम्मको विज्ञापन प्रशारणको थप बोनस सुविधा प्रदान गरिने छ ।
झ. सुनापति मिडिया प्रालिका शेयर सदस्यलाई विज्ञापन प्रशारणमा ३०% छुट प्रदान गरिने छ ।
ञ. विज्ञापन वा प्रायोजित कार्यक्रमको सामाग्री तयार भई सकेपछि कसैले विज्ञापनको सम्झौत रद्द गर्न चाहेमा सम्झौता रकमको १५% रकम रद्द शुल्क लाग्ने छ । प्रायोजित कार्यक्रम रद्द गर्न चाहनेले १ महिना अघि नै जानकारी गराउनु पर्ने छ भने अन्य विज्ञापनको लागि १५ दिज अघि नै जानकारी गराउनु पर्ने छ
ट. यदि कार्यक्रम वा विज्ञापन प्रशारण सुरु भइसकेपछि कसैले सम्झौता रद्द गर्न चाहेमा विज्ञापन शुल्क फिर्ता हुने छैन । त्यस्तो शुल्क विज्ञापनदातासँगबाट असुल उपर गरिने छ । 
ठ. प्रायोजित कार्यक्रमहरु रेडियोकर्मी फिल्डमा गएर तयार गर्नुपर्ने भएमा फिल्डमा जाँदा आउँदा र खानबस्न लाग्ने न्युनतम शुल्क प्रायोजकले व्यहोर्नु पर्ने छ ।
ड. लोककल्याणकारी सुचना वा कार्यक्रमहरु यस मिडिया प्रालि र प्रायोजकको संयुक्त लगानिमा पनि प्रशारण गर्न सकिने छ । संयुक्त रुपमा कार्यक्रम गर्ने नगर्ने सम्पुर्ण निर्णको अधिकार यस मिडिया प्रालिमा हुने छ ।
ढ. निर्धारण गरिएको विज्ञापन र प्रायोजन शुल्कमा मुल्य अभिवृद्धि कर (VAT) समावेश गरिएको छैन ।
     
थप जानकारीको लागि
रेडियो तीनलाल एफएम 88.6 मेघाहर्ज
मन्थली बजार फोन: ०४८–५४०१२५
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • निकास7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • आलिदेखि थालीसम्म (इक्वेल एक्सेस)8.30AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • फिल्मी गित11.00AM - 11.30AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • हाम्रो कृषि हाम्रो प्रविधि6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • साझा चौतारी7.25PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • अल्झिएको साहित्य9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार