About Us »

रेडियो तीनलाल एफएम ८८.६ मेगाहर्ज  रामेछाप जिल्लामा स्थापित पहिलो व्यवसायिक रेडियो हो । रामेछाप जिल्ला भित्रकै प्रतिष्ठित उद्योगि, व्यवसायि तथा विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्वहरुको सामुहिक लगानिमा यो रेडियो सञ्चालमा आएको छ ।

एभरग्रिन सुनापति मिडिया प्रा.लिद्वारा सञ्चालित रेडियो तीनलाल एफएम ८८.६ मेगाहर्ज  रामेछाप जिल्लाको पहिलो व्यवसायिक रेडियो हो । रेडियो तीनलालको स्टुडियो जिल्ला सदरमुकाम मन्थलीमा रहेको छ भने यसको टावर रेडियोको आफ्नै जग्गामा निर्माण गरिएको सुकाजोर गाविसको भालुखोपमा रहेको छ । रेडियो आत्याधुनिक स्टुडियो तथा साउण्ड सिस्टमबाट प्रशारण भइ रहेको छ । रामेछाप जिल्लाको उचाइमा रहेका डाँडा मध्येको एक भालुखोप डाँडामा रेडियोको टावर रहेको कारण रेडियो रामेछाप जिल्लाका सबै भागमा सुनिन्छ । यसको साथै मध्यमाञ्चलका सिन्धुली, दोलखा, काभ्रे, सिन्धुपाल्चोक धनुषा, महोत्तरी, सर्लाही  तथा पुर्वका सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, खोटाङसम्म पनि रेडियोको पहुँच क्षेत्र रहेको छ । यसै गरी नारायणी अञ्चलका मकवानपुर, रौतहट, बारा लगायत जिल्लाहरुमा पनि रेडियोको प्रशारण सुनिने गरेको छ ।  यसको प्रशारण ०६७ बैशाख ८ गतेबाट सुरु भएको हो । रेडियोले विभिन्न मनोरञ्जनात्मक, सामुदायिक हित, व्यवसायिक विकास तथा सुचनामुलक कार्यक्रमहरु प्रशारण गर्दै आएको छ । रेडियोले स्थानीय र आसपासका समाचारहरुलाई प्रथमिकता क्रममा राखि प्रशारण गर्नुका साथै जनचासोका राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका समचारहरु पनि प्रशारण गर्दै आएको  छ । यस रेडियोले दैनिक विहान ५ बजेदेखि राति १0 बजेसम्म आफ्नो नियमित प्रशारण गर्दै आएको छ ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • रेडियो म्गाजिन कटवाल (पुनप्रशारण )7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • पर्यटनका कुरा12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सुरक्षित परदेश6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नसुनिएका आवाज ( सञ्चारिका महिला समुह)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार